US Khabar

पेस्तोल सहित दुई जना पक्राउ

- US KHABAR | ३ महिना पहिले प्रकाशित

पेस्तोल सहित दुई जना पक्राउ

प्रहरीले बारा सिम्रौनगढ १ बाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका १ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया पक्राउ परेका हुन् ।

बेलुका ६ः५० बजेतिरको समयमा सिम्रौनगढ १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो ।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!