US Khabar

दार्चुलाका १८ बर्षिय सचिन सहित ‘तुईन चुडिएर वेपत्ता’ घटनाको जिम्मा सरकारले लिने कि नलिने ?

- USKHABAR | ३ महिना पहिले प्रकाशित

दार्चुलाका १८ बर्षिय सचिन सहित ‘तुईन चुडिएर वेपत्ता’ घटनाको जिम्मा सरकारले लिने कि नलिने ?

दार्चुलामा फेरी तुईन चुडिँदा १८ बर्षिय किशोर वेपत्ता भएका छन् । बुधबार दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तर्न लागेको तुईन चुँडिदा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

महाकाली नदीमा खसेर बेपत्ता उनको खोजिकार्य भै रहेको भएपनि फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नदी तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएका हुन् ।

यो घटनाले २०७८ साल साउनको घटनालाई स्मरण गराएको छ । २०७८ सालको साउन तेस्रो साता पनि दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका एक नेपाली खसेर बेपत्ता भएका थिए ।

हत्या भनेर सो समय सर्वत्र बिरोध पनि भएको त्यस घटनाका समय ब्यास–२ का ३३ वर्षीय जयसिंह धामीको नदि तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएको भन्दै स्थानीयवासील नेपाल प्रहरीमा उजुरी दिएका थिए ।

ब्यास गाउँपालिकाबाट भारतको बाटो हँुदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका धामी नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका बेला एसएसबीले भारतपट्टि बाँधिएको तुइन (तार) काटिदिएपछि उनी नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएको आफन्तको आरोप थियो । यस घटनामा मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र समेत बुझाएका थिए ।

त्यस्तै २०७७ सालको साउन तेस्रो सात पनि लमजुङको दोर्दीखोलामा तुइनबाट तर्ने क्रममा डोरी चुँडिदा दोर्दी गाउँपालिका–६ सिमी घर कीर्तिपुरबेंसी बस्दै आएकी २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी थिइन् ।दोर्दी गाउँपालिका–६ कर्तीबेंसी र वडा नम्बर ७ को फलेनी अमितफाँट जोड्ने गरी सामान ओसारपोसार गर्न राखिएको तुइनबाट वडा नम्बर ७ अमितफाँटस्थित जलकन्यादेवी मन्दिरमा परेवा छोड्न जाने क्रममा गुरुङ खोलामा खसेकी थिइन् ।

माथीका प्रतिनिधी घटनालाई मात्र हेर्दा पनि नेपालमा हरेक साल तुईन चुँडिदा मानिस वेपत्ता हुने र शव फेला पर्ने समस्या यथावत् नै छ । विश्व विकासको चरम उत्कर्षमा पुगिसक्दा समेत नेपाली जनता यातायातको माध्यम तुईनलाई नै बनाउनु पर्ने वाध्यतामा छन् र यहि वाध्यताले उनिहरुको ज्यान जान्छ भने यो भन्दा लज्जास्पद कुरा के हुन सक्ला ?

तुईनको प्रचलन नेपालका ग्रामिण भेगमा रहेका नदिनाला तर्नका लागि अपनाईएको एक वाध्यात्मककारी अवस्थाबाट सुरु भएको हो । जतिवेला देशमा मोटरबाटो बनेको थिएन, सुविधाका लागि बसाँई सर्ने अवस्था नभएका उनिहरुले यसैलाई पनि विकल्प ठाने । तर आजको गणतान्त्रिक युगमा पनि हाम्रा जनता तुईनबाट खसेरै मर्छन् भने यसप्रति केन्द्रिय र स्थानिय सरकार जिम्मेवार हुने कि नहुने ?

बुधबारकै घटनालाई हेर्दा पनि १८ बर्षिय किशोर महाकाली नदिमा वेपत्ता भए । गृह मन्त्रालयले आदेश पनि दियो तत्काल खोजि कार्य अघि बढाउन । तर यो समस्या पहिलो पटक देखिएको हो र नेपालमा ? यतिका समय सम्म तुईनका ठाउँमा पुल बनाउन तर्फ ध्यान नजाने राज्य संयन्त्रले घटनापछि देखाउने अग्रसरतालाई तारिफ गरिहाल्नु पर्ने कुनै कारण पनि छैन ।

सचिनको परिवारमा १८ बर्षको हुर्किसकेको छोरो हराएको छ । यसरी नदीमा खस्नेहरु बाँच्ने संभावना अत्यन्त न्युन छ । कदम्कदाचित भोली प्रहरीले सचिनको शव फेला पार्यो भने त्यो सरकार र प्रहरीको सफलता बन्छ, समाचार छापिन्छ अखबारमा समेत तर के सरकारको लापरवाहीले १८ बर्षको छोरा गुमाएका आमा बा र दिदी बहिनीहरुले यत्तिमै न्याय पाएको ठहरिन्छ ? दुर्गमा गाउँकी एउटी अबोध नारीले हुर्काएको छोरा सरकारको लापरवाहीले नदीमा खसेर ज्यान गुमाउनु सानो कुरा होईन ।

किनकी तुईन हटाउन नसक्ने सरकारले कमसेमक तुईनको अवस्था कस्तो छ, मर्मत सम्हारको माग लगायतका शंवेदनशिल कुरामा ध्यान दिन सकेको भए आज सचिन वेपत्ता हुनु पर्ने थिएन । स्थानिय सरकार यसैका लागि हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!