US Khabar

माओवादी पोलिट ब्यूरोमा रहने गरी प्रचण्डद्वारा ४१ सदस्यको नाम प्रस्ताव

- USKHABAR | १ महिना पहिले प्रकाशित

माओवादी पोलिट ब्यूरोमा रहने गरी प्रचण्डद्वारा ४१ सदस्यको नाम प्रस्ताव

नेकपा माओवादी केन्द्रले वैकल्पिक सहित १ सय ५६ सदस्यीय पोलिट ब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने ४१ सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

अध्यक्ष प्रचण्डले ४१ सदस्यीय स्थायी समिति गठनका लागि गरेको प्रस्ताव अनुसार माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई पोलिट ब्यूरोमा समावेश गरेको छ ।

३ सय ७७ सदस्य रहेको माओवादी केन्द्रीय समितिमा एक तिहाइ अर्थात् १ सय २५ जनाको पोलिटब्यूरो रहने व्यवस्था गरिएको छ भने केहीलाई भने वैकल्पिक पोलिट ब्यूरो सदस्यका रुपमा कार्यसमितीमा तान्ने प्रयास गरिएको छ ।

प्रस्तावित स्थायी समितिमा अध्यक्ष प्रचण्ड सहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेल लगायत रहेका छन् ।

यस समितीमा केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्ष लगायत पनि रहने छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!