US Khabar

राष्ट्रियसभा बैठक: ‘तेजाब तथा अन्य घातक रासायनिक’ नियमन विधेयक सर्वसम्मतले स्वीकृत

- USKHABAR | ३ महिना पहिले प्रकाशित

राष्ट्रियसभा बैठक: ‘तेजाब तथा अन्य घातक रासायनिक’ नियमन विधेयक सर्वसम्मतले स्वीकृत

आज बसेको राष्ट्रियसभाको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक प्रस्तावलाई सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणद्वारा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको बैठकमा यि र यस्ता घातक पद्धार्थको उत्पादन, निकासी पैठारी, विक्रि वितरण र प्रयोजन नियन्त्रण र विस्थापनका लागि नै यस ऐनको आवश्यकता परेको उल्लेख गरिएको थियो ।

उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै गएकाले कारबाही र नियमन गर्नका लागि यो ऐन जरुरी भएको बताए ।

उनका अनुसार तेजाबका कारण महिला हिंसाका घटना हृदय विदारक बन्ने गरेको र यस ऐनले उत्पादन गर्दा पनि व्यवस्थित रुपमा गर्नुपर्ने र आयात निर्यात गर्दा पनि सुरक्षित बनाउने छ ।

सांसदहरुले महिलामाथि तेजाब आक्रमणजस्ता गतिविधि हुने गरेकाले रोक्नका लागि यो ऐन बनाएर छिट्टै कार्यान्वयन गर्नुपर्ने धारणा राखिएको बैठकमा यस्ता पदार्थ भण्डारण गर्न, किन्न र बेच्न पनि सबैले नपाउने कानुन बनाउन लागिएको जानकारी दिँदै सहजरुपमा उपलब्ध हुँदा विकृति बढेको निस्कर्ष निकालिएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!