भरतपुर अस्पतालमा बेवारिसे शिशु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३० बजे भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु फेला परेको हो ।
अस्पतालको सि ब्लकको भ¥याङमुनि फेला परेका यि शिशु अन्दाजी दुई दिनको भएको बताईएको छ । फेला परेकी बेबारिसे शिशु छोरी हुन् ।
अस्पतालमा नै जन्माएर छोडेकोे हुनसक्ने शिशुकी आमाका बारेमा अनुसन्धान सुरु गरिएको यस घटनामा फेला परेकी बालिकाको एनआईसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।
प्रतिक्रिया