US Khabar

बुटवलबाट उपचार गराएर फर्कने क्रममा अर्का कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या १६ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

बुटवलबाट उपचार गराएर फर्कने क्रममा अर्का कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या १६ पुग्यो

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । आज अर्घाखाँचीको मालारानी–४ को सार्वजनकि आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको मृत्यु भए संगै अव नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

१२ दिन अघि भारतको महाराष्ट्रबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका ति पुरुषको स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार गराएका थिए । उपचार गरेर फर्किने क्रमम उनको मृत्यु भएको हो ।

नेपालमा मृत्यु हुने मध्य अधिकांश भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरु रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!