US Khabar

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

- US KHABAR | ५ महिना पहिले प्रकाशित

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएकोे उनको अवस्था निकै गम्भीर भएको जनाएका छन्।

टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा“ रहेको बताएका छन् ।

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो । समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!