US Khabar

को थिए हत्या गरिएका सर्वप्रिय जापानी नेता आबे ? जसको निधनमा विश्व स्तव्ध बन्यो

- USKHABAR | ३ महिना पहिले प्रकाशित

को थिए हत्या गरिएका सर्वप्रिय जापानी नेता आबे ? जसको निधनमा विश्व स्तव्ध बन्यो

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानी पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन भएको हो ।

६७ बर्षिय आवेमाथी एक पुरुषले गोली प्रहार गरेका थिए । भूतपूर्व जल सैनिक समेत रहेका ४१ ब्र्षिय पुरुषले हानेको गोली उनको घाँटीमा लागेको थियो । जापानको नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी आबेमाथि भाषण गरिरहेका समय गोली हानिएको हो । उनको हत्या गर्ने उदेश्यले २ गोली हानिएको भएपनि पहिलो गोली लाग्न पाएको थिएन तर लगातार अर्को गोली पनि चल्दा उनको घाँटीमा गोली लागेको थियो । जसबाट उनि गम्भिर घाईते भएका थिए ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेमाथी आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो।

आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै पदावधि पूरा नगरीकन नै सन् २०२० को अगष्टमा राजिनामा दिएका उनि सर्वप्रिय नेता थिए । देशका लागि पद परित्याग गरेका उनि विश्व समुदायमा समेत आदर्शका रुपमा रहेका नेता हुन् । यसका लागि उनले जापानी जनतासँग क्षमायाचना समेत मागेका थिए ।

कट्टर राष्ट्रवादी नेता आबेको हत्या घटना यस कारण पनि चर्चामा छ कि हाते बन्दुक प्रतिवन्धित जापानमा चुनावी सभामा नै निवर्तमान राष्टपतिमाथी गोली प्रहार गरी हत्या गरिएको यस घटना जापानी ईतिहासकै अन्त्यन्त दुर्लभ घटना मध्यको एक हो ।

विश्वमै अत्यन्त न्युन गोलीकाण्डका घटना हुने जापानमा सन् २०१४ बाट हाल सम्म जम्मा ६ वटा हत्या लक्षित गोली प्रहारका घटना घटेका छन् । जवकी यस अवधीमा अमेरिकामा ३३ हजार ५ सय ९९ जनाको गोलीकाण्डमा मृत्यु भएका भएको तथ्याकं छ ।

पेटको रोगबाट पीडित उनले सोचे अनुसार आफुले काम गर्न नसकेको भन्दै जापानको बिकासका लागि पनि नयाँ व्यक्तीको आवश्यकता औंल्याउँदै राजिनामा दिएका थिए ।

गोली लागेर उनको घाँटीको दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ । अत्याधिक रक्तश्रावका कारण उनलाई बचाउन

नसकेकोप्रति अस्पताल प्रशासनले पनि दुख व्यक्त गरेको छ भने उनको जीवन रक्षाको कामनामा रहेका जापानी तथा विश्व समुदायले उनको निधनप्रति गहिरो श्रद्धा सुमन प्रकट गरिरहेको छ ।

अत्यन्त लोकप्रिय नेताको खुलेआम हत्या हुनुले सिंगो जापान शोकमा डुवेको छ । उनको हत्या गर्ने व्यक्ती पक्राउ परिसकेका छन् । नेता ओबेमाथी उनले किन र कुन उदेश्यले गोली चलाए भन्नेबारे हिरासतमा राखेर अनुसन्धान भै रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!