US Khabar

ICC र NCCअमेरिका बिचको २४ बुँदे सम्झौता: उपाध्यक्ष बिकाश उप्रेतीको अग्रसरतामा तयार भयो MOU

- Admin | १ महिना पहिले प्रकाशित

ICC र  NCCअमेरिका बिचको २४ बुँदे सम्झौता: उपाध्यक्ष बिकाश उप्रेतीको अग्रसरतामा तयार भयो MOU

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (ICC ) अमेरिकाको समझौता ज्ञापन पत्र (Memorandum of Understanding) MOU मा विकास उप्रतीलाई केहि साता पहिले नित्युक्त गरिएको थियो । एनआरएनएको काठमाडौं बालुबाटार स्थित सचिवालय अर्थात हालको संंघ ‘प्रथम पक्ष’ र ‘दोस्रो पक्ष’ राष्ट्रिय समन्वय परिषद् रहने गरी भएको २४ बुँदे सहमती सहितको सम्झौता पत्र प्रमुखमा उप्रेतीलाई नियुक्त गरेको हो ।

एनसीसी अमेरिकाका वर्तमान उपाध्यक्ष समेत रहेका उप्रेतीलाई संघको विधानगत मुलुकी देवानी संहिता २०७४ र प्रचलित नेपाल कानुन अन्तरगत दुई प्रतिको मान्यता सम्बन्धी सम्झौता पत्र जसलाई हाल ‘करारनामा’ वा ‘सम्झौता’ पत्र भनि संबोधन गरिएको छ । त्यसमा उल्लेखित बिभिन्न सम्झौतामाथिको जिम्मेबारी प्रदान गरिएको हो।

यो सम्झौता जुलाई ३ र ४ तारिकका दिन अमेरिकाको नर्थ क्यारोलिनमा सम्पन्न संघको ११ औं एकता सभा तथा ज्ञान भेलाको अवसर पारेर गरिएको हो ।

सम्मेलनमा आइसिसी र एनसीसी अमेरिकाको बिचमा २४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा आइसिसीका अध्यक्ष द्वय कुल आचार्य,रविना थापा र महासचिव डा. केशव पौडेलको उपस्थितिमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले हस्ताक्षर गरेका थिए ।
यस साधारण सभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्व अध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ।

त्यस्तै सदस्यता नबिकरण तथा नया सदस्यका लागि MIS सिस्टममा जाने समेत बुदामा उल्लेख गरिएको छ , यदि यो लागु भएको खण्डमा आगामी एनआरएनए अमेरिकाको निर्बाचनमा सदस्य स्वोयमले मात्र मत दिन पाउने र सो समयमा फेस भेरिफिकेसनका लागि सोहि समयको सेल्फी तस्बिर समेत अपलोड गर्नु पर्ने प्राबधान रहेको छ ।

त्यस्तै महिला प्रतिनिधित्व बढाउनको लागि कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको साधारण सभा आगामी दिनमा जुलाई को अन्तिम समयतिर हुने व्यवस्था समेत विधानमा गरिएको छ।

आईसीसी र एनसीसी अमेरिका विचका विभिन्न २४ बुँदा सहितको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा सहितको एजिएम तथा ज्ञान भेलामा आइसिसीका दुई अध्यक्ष कुल आचार्य र रविना थापा, महासचिव डाक्टर केशव पौडेल, सचिव राजन त्रिपाठी, अमेरिकाज रिजनका डिआरसी राम कुमार सुवेदी,नर्थ क्यारोलाइना मोरिसभिल शहरका नगर प्रमुख टिजे काउली, सांसद कमला पन्त, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम, नेबि सङ्घका पूर्व महामन्त्री मनोज मणि आचार्य, नेपाली काङ्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दाङ जिल्ला सभापति शंकर डाँगी, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य विष्णु सुवेदी , जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङ्, जनसम्पर्क समितिका संस्थापक सदस्य नारायण थापा, ,एनआरएनए अभियन्ताहरू डा. यादव पण्डित, डा, रुद्र अर्याल, विश्व बराल, नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव सुरज भण्डारी, पानस आइसिसीका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, जनप्रगति शिल मञ्चका संस्थापक अध्यक्ष काशी पौडेल, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनको, गाउँपालिका समन्वय समितिका महासचिव वंशलाल तामाङ, इन्स्टिच्युट अफ चार्टर एकाउन्टेन्ट संघ नेपालका पूर्व अध्यक्ष महेश खनाल, आइसिसीका फोकल पर्सन सुरज दाहाल, आइसिसीका सदस्यहरू,एनसीसीका पदाधिकारीहरू स्थानीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!