US Khabar

मेयर अम्बिका समेत मुछिएको अछामका विनोद शाहीको हत्या अरोपी ४ जना कारागार चलान

- USKHABAR | ५ महिना पहिले प्रकाशित

मेयर अम्बिका समेत मुछिएको अछामका विनोद शाहीको हत्या अरोपी ४ जना कारागार चलान

गत बैशाख २० गते हत्या गरिएको अवस्थामा भेटिएका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा पक्राउ परेकाहरुलाई कारागार चलान गरिएको छ ।  जिल्ला अदालत अछामले हत्या शाहीको आरोपमा ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाहीको शव ४ दिनपछि अर्थात २० गते मृत अवस्थामा भेटिएको थियो । उनको हत्या गरिएको भन्दै परिवारले केही व्यक्तीहरु विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ परेकाहरु स्थानिय पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

१० कक्षामा अध्ययनरत शाही हराएको ४ दिनपछि  घर नजिकको जंगलमा शव भेटिएका थिए ।  चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको बताइएको छ।  राजनीतिक रूप लिएको घटनामा हत्या भएका विनोद एमाले निकट भएको बुझिएको छ।

मृतक शाहीको परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । तर सरकारी वकिलको कार्यालयले मेयर अम्बिका चलाउने सहित नेत्रबहादुर शाही र रामबहादुर शाही विरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो।

हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही सहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!