US Khabar

श्रीलंकाका राष्ट्रपतिको निवास प्रदर्शनकारीको कब्जामा: सैन्य सहयोगमा राजापाक्षे सुरक्षित स्थानमा

- USKHABAR | ३ महिना पहिले प्रकाशित

श्रीलंकाका राष्ट्रपतिको निवास प्रदर्शनकारीको कब्जामा: सैन्य सहयोगमा राजापाक्षे सुरक्षित स्थानमा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेको निवास आन्दोलनकारीले कब्जा गरेका छन् । आर्थिक संकट सुरु भएयताकै ठूलो भनिएको यस आन्दोलनका प्रदर्शनकारीले हजारौंको संख्यामा राष्ट्रपति राजापाक्षेको निवास कब्जा गरेका हुन् ।

देश आर्थिक संकटको चरमतामा फँसेको श्रीलंकामा देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेका हुन् । उनिहरुको प्रवेशलाई प्रहरीले समेत नियन्त्रण गर्न सकेको छैन । प्रहरीको
अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इट्टा प्रहार गरेका छन् ।

प्रहरी नियन्त्रण बाहिर रहेका हजारौं आन्दोलनकारी मध्य केहीले राष्ट्रपति निवासमा पसेर उत्सव साटिरहेका छन् ।

प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको यस प्रदर्शनका प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सैन्य सहायतामा सुरक्षित स्थानमा लगिएको जनाईएको छ ।

नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले २ महिना पहिले राजिनामा दिएका थिए । महिन्दा राष्ट्रपति गोटवाया भाई हुन् । देशमा जन प्रदर्शन सहितको प्रधानमन्त्रीको राजिनामाको माग भएपछि महिन्दाले दाई तथा राष्ट्रपति गोटवाया समक्ष राजीनामा बुझाएका थिए ।


एजेन्सी

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!