बुटवल, ७ बैसाख

प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिषीले आफ्नो राजनितिक जीवनको बारेमा गरेका भविश्यवाणीलाई बकवास भएको बताएका छन् । जितगढी किल्लाको बिजय उत्सवमा सहभागी हुन बुटवल आएका प्रधानमन्त्रीले शनिवार विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय केही ज्योतिषिले आफ्नो आफ्नो र देशको राजनितिक अवस्थाबारे गरेका भविश्यवाणीमा कुनै सत्यता नभएको बताएका हुन् ।

नयाँ वर्ष २०७६ को भविश्यवाणीका क्रममा राजधानीका केही ज्योतिषीले अबको केही महिनामा केपी ओली सत्ताच्यूत हुने भविष्यवाणी गर्दै आएका छन् भने केही ज्योतिषले अब ओली हटेर प्रचण्डको भाग्य चम्किने र अर्काथरिले प्रधानसेनापतिले सत्ता चलाउने र राजसंस्था फर्किने ठोकुवा समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले ती भविश्यवाणी आफुले पनि हेरेको बताउँदै ब्यांग्यात्मक शैलीमा असार लागेपछि पानी पर्छ यो कुनै नौलो र कसैलाई थाहा नभएको कुरा होईन भन्ने अभिब्यक्ती दिएका छन् । उनले भने, ‘ज्योतिषी उचालेर यो वर्ष यो त्यो हुन्छ रे, के हुन्छ रु असार लागेपछि पानी पर्छ ।’

यस्तो भविश्यवाणी गर्ने ज्योतिषीलाई दक्षिणावाला ज्योतिषी भनेर ब्यांग्य गर्दै ओलीले भने बेकारको बकबास गरेर हिँड्याछ दक्षिणाको लोभमा । जनता भ्रममा पर्नेछैनन्, भ्रम नछर ।’

विजयोत्सव समारोहमा ओली बिरुद्ध अर्घाखाँचीका रुद्रप्रासद घिमिरेले कार्यक्रम स्थलमै कालो झण्डा देखाएका थिए । प्रभानमन्त्री ओलीले संबोधन गरिरहेको समयमा कार्यक्रम स्थलमै कालोझण्डा देखाएका रुद्रप्रासद घिमिरेलाई अरु कसैले उचालेका होलान् भन्दै उनलाई केही नगर्न पनि भनेका थिए ।

Comments

comments