US Khabar

‘संसद् लोकतन्त्रको आत्मा हो, हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ’ – सभामुख सापकोटा

- USKHABAR | ५ महिना पहिले प्रकाशित

‘संसद् लोकतन्त्रको आत्मा हो, हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ’ – सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताएका छन् । भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन समारोहमा बोल्दै सभामुख सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएकाले यसको मर्मलाई सहि रुपमा बुझ्नु पर्ने बताएका हुन् ।

जनताको चेतनास्तरले लोकतन्त्रको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सापकोटाले भने संसद् त्यो थलो हो जहाँ जनताको आवाज प्रस्फुटित हुन सक्छ ।

जनता र नेता दुवै लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुने अभिव्यक्ती सहित सापकोटाले विचार नै संसारको सर्वशक्तीमान चिज भएकाले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास हुने थलो भएको उल्लेख गरेका हुन् ।

लोकतन्त्रको विकल्प झन् उन्नत लोकतन्त्र हो, त्यो प्रवचन र भाषण दिने विषय मात्र नभई जीवन पद्धति भएको छ ।”

निर्वाचनमा हुने विकृति र विसङ्गतिको अन्त्यका लागि युवावर्ग जागृत हुनुपर्ने बताएका उनले स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने डरलाग्दो अवस्थाप्रति चिन्ता व्यक्त समेत गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!