US Khabar

५१ किलोको माला सहित नव नियुक्त बन मन्त्रीलाई गृह नगरमा भव्य स्वागत

- USKHABAR | ३ महिना पहिले प्रकाशित

५१ किलोको माला सहित नव नियुक्त बन मन्त्रीलाई गृह नगरमा भव्य स्वागत

नव नियुक्त बन तथा वातावरण मन्त्री प्रदिप यादवलाई गृह नगर विरगञ्जमा भव्य स्वागत गरिएको छ । ५१ किलोको माला पहिराएर जिल्लाबासीले मन्त्री यादवको भव्य स्वगत गरेका हुन् ।

मन्त्री नियुक्त भए पश्चात् शनिवार पहिलो पटक वीरगञ्ज पुगेका मन्त्री यादवलाई मन्त्री हुनुलाई कार्यकर्ता र स्थानीयले गर्वको रुपमा लिएको बताउँदै आएका छन् । त्यसैले जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको कार्यक्रममा उनको सम्मान स्वरुप ५१ किलोको माला लगाएर सम्मानित गरिएको हो ।

सम्मान पश्चात् कार्यक्रमलाई संबोधन गर्दै मन्त्री यादवले र्साको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीले पर्सालाई मन्त्री पद दिएर सम्मान गरेको भन्दै धन्यवाद पनि प्रकट गरेका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!