काठमाडौं, ७ बैसाख

राष्ट्रपति विद्यादेवी भण्डारी चिन जाने भएकी छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति वैशाख ११ गते बुधबार चिनको राजधानी बेइजिङ जाने भएकी हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नौ दिने भ्रमणका चिन जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारी लाई चिनले राजकीय सम्मान दिने भएको छ । उनको सम्मानका चिनले रातो कार्पेट ओछ्याउने भएको छ ।

यस अघिका नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि चिनले उनको यस प्रकारको स्वागत गरेको थिएन । राष्ट्रपति भण्डारीलाई दिन लागिएको यो सम्मान नेपाल गणतान्त्रिक मुलुक बनेपछि चिनले दिन लागेको पहिलो राजकिय सम्मान हो ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार यो भ्रमण बीआरआई सम्मेलनभन्दा पनि द्विपक्षीय सहकार्यमा बढी केन्द्रित हुनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, परराष्ट्र सचिव, अन्य उच्च अधिकारी सहित २५ जनाको टोली सहभागी हुने बताईएको राष्ट्रपतिको यस भ्रमणमा चिनियाँ समकक्षीसँग हुने द्विपक्षीय छलफलमा नेपाल–चीन सहकार्य, नेपालको विकासमा चिनियाँ सहयोग, लगानी लगायत विषयमा छलफल हुनेछ।

 

Comments

comments