चर्चित गायिका रचना रिमाल र गायक हरी गिरि ‘बिमर्षी’को स्वरमा नयाँ गीत सार्वजनिकको अन्तिम तयारीमा रहेको छ । अमेरिका निवासी संचारकर्मी तथा गीतकार किशन रेग्मीको शब्द तथा गायक विमर्षी स्वयंको संगीत रहेको ‘राधाकृष्ण’ बोलको गीत मनोज बस्नेतको एट के एभरेष्ट मोसन पिक्चर्सको यूटुव च्यानल मार्फत सार्वजनिक हुने भएको हो ।
शान थापाको निर्देशनमा निर्माण भएको गीतमा यस पटक कलाकार सागर लम्साल बले र रुविना थापालाई विलकुल फरक लुक्स रअभिनयमा देखिने भएको छ । प्रेमका प्रतिक जोडीका रुपमा राधाकृष्ण र उनिहरुको प्रेमलाई विम्ब र प्रतिकका रुपमा प्रयोग गरेर पात्र खडा गरिएको गीतले आधुनिक राधा कृष्णको जोडीलाई प्रतिनिधित्व गर्दछ ।
SINGER / COMPOSER : HARI GIRI ‘BIMARSHI’
छायांकन समेत आकर्षक स्थानहरुमा गरिएको यस गीतको भिडियोलाई चर्चित कोरियोग्राफर राजिव समिरले कोरियोग्राफी गरेका हुन् भने छायांकन अर्जुन तिवारीको टिमले गरेको हो ।
गीतकार रेग्मीका अनुसार मनोज बस्नेत निर्माता रहेको राधाकृष्ण गीत भिडियो सहित चाँडै नै सार्वजनिक हुँदैछ ।
लामो समय देखी अमेरिकामा रहेर संचारकर्मका क्रियाशिल पत्रकार रेग्मी अमेरिकाबाट प्रकाशित हुने मासिक पत्रिका यूएस खबर टाईम्सका प्रकाशक तथा प्रधान सम्पादक हुन् । गीती एल्वम कृपाबाट २०७२ सालमा औपचारिक सांगीतिक यात्रा सुरु गरेका रेग्मी स्वयंको स्वरमा कान्छि, कुमजोडी लगायतका गीतहरु पनि सार्वजनिक छन् ।
प्रतिक्रिया