गायिका अन्जु श्रेष्ठको नयाँ गीत नहेरे झैं गर्ने सार्वजनिक भएको छ । गायिका श्रेष्ठ स्वयंको शब्द तथा दिपान्कर मुखियाको संगीत रहेको यस गीत भिडियो सहित सार्वजनिक भएको हो ।
गायिका श्रेष्ठको आधिकारिक यूटुव च्यानल मार्फत सार्वजनिक भएको यस गीतमाथी निर्माण भएको भिडियोको केन्द्रिय भुमिकामा अन्जु स्वयंले अभिनय गरेकी छन् भने उनको साथमा जसोदा सुब्बा र संजिवको पनि अभिनय रहेको छ ।
उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई ईसक जवेगुले सम्पादन गरेका हुन् ।
बिगत ६ बर्षदेखी निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका अन्जु श्रेष्ठका यस अघि ढाकाटोपी, खोजिरहेछु, हाँसी हाँसी, गुँरासको रंग, आँखा बन्द लगायतका बिभिन्न बिधामा गीतमा आवाज भरेकी उनले तिज गीत रातो साडी बाट औपचारिक सांगीतिक यात्रा सुरु गरेकी हुन् । आफैं शब्द पनि लेख्ने र कुशल नृत्य र अभिनय क्षमता समेत भएकी उनले हरेक बर्षका तिज पर्वलाई लक्षित गरेर तिज गीतहरु सार्वजनिक गर्दै आएकी छन् ।
आफैले लेखेको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनको शब्दमा यस अघि पनि आँखा बन्द, मनले आफ्नो लगायतका गीतहरु सार्वजनिक छन् ।
कलानिधी संगीत महाबिद्यालयबाट संगीत प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठ बिभिन्न अवार्डहरुमा शिर्ष नोमिनेशन सहित केही अवार्ड समेत प्राप्त गायिका हुन् । उनको यस बर्षको नयाँ तिज गीत संगै अरु गीत पनि सार्वजनिकको तयारीमा छन् ।
प्रतिक्रिया