US Khabar

४ हजार बर्ष पुरानो स्वप्न कथाले जन्माएको पर्व ‘बकर ईद’ – आज देशभर सार्वजनिक बिदा

- USKHABAR | ५ महिना पहिले प्रकाशित

४ हजार बर्ष पुरानो स्वप्न कथाले जन्माएको पर्व ‘बकर ईद’ – आज देशभर सार्वजनिक बिदा

आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) । देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरूले बिभिन्न कार्यक्रमका साथ मनाईरहेका छन् ।

ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार यो पर्व मनाईने गरिन्छ । नेपाल सरकारले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिंदै आएको छ । सरकारले असार २६ गते आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले बाट यस पर्वको सुरुवात भएको हो । यो पर्व सपनामा देखेको सत्यताबाट सुरु भएको हो । तत्कालिन समयमा हजरत इब्राहिमले सपनामा देखे की उनका परमेश्वरले उनिसंग ‘तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई चढाउ’ भनेका थिए । उनका सबैभन्दा प्रिय उनका छोरा थिए, उनले छोरालाई छुरा रोपेर मारे । आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको सपना देखेका उनले भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मर्यो । यो आश्चर्य देखेर यस घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको भन्ने उल्लेख छ ।

कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु भएकाले मुस्लिम समुदायले बकर ईदलाई अत्यन्त श्रद्धाका रुपमा हेर्ने गरेको पाईन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!