US Khabar

एकिकृत समाजवादीको प्रवासी कमिटी गठन:  भीम कार्की सहित अमेरिकाबाट मात्रै ६ पदाधिकारी चयन

- ओम आचार्य , टेक्सास | ५ महिना पहिले प्रकाशित

एकिकृत समाजवादीको प्रवासी कमिटी गठन:  भीम कार्की सहित अमेरिकाबाट मात्रै ६ पदाधिकारी चयन

नेकपा (एकीकृत समाजवादी) सँग निकट प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीका दुई सह संयोजक मध्य एकजना अमेरिकाको टेक्ससबाट चयन भएका छन् । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्री प्रसाद शाहको संयोजकत्वमा गठन भएको ४५ सदस्यीय समन्वय कमिटीको सहसंयोजकमा टेक्ससका भीम कार्कीलाई चयन गरिएको हो ।

कार्कीसंगै अर्का सहसंयोजक जर्मनीका सुवास पोखरेल चयन भएका छन् ।

नव गठित कमिटीका ४५ पदाधिकारी मध्य सह संयोजक कार्की सहित अमेरिकाबाट मात्रै ६ जना चयन भएका छन् । जसमा सदस्यहरु राधाकृष्ण देउजा, सीता खरेल, बाला घिमीरे, यम लामा र टेक गुरुङ रहेका छन् ।

नेपाली कामदारको बाहुल्यता रहेको खाडी मुलुकहरुबाट सदस्य सहितको पदाधिकारी चयन भएको छ । जसमा उपसचिव रामहरी गैरे कतारबाट रहेका छन् भने बिभिन्न देशका गरी ७ सदस्य चयन भएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल सहितको उपस्थितीमा नव नियुक्त पदाधिकारीहरुले आईतबार सबै देशका पदाधिकारी तथा सदस्यको उपस्थिती रहने गरी भर्चुअल माध्यबाट आईतबार शपथ ग्रहण गरेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्र तथा गणतन्त्रको विरुद्धका र पक्षधरता बीचको लडाई नै मुख्य अन्तरविरोधको स्रोत भएको उल्लेख गर्दै आगामी निर्वाचनमा समाजवादी आस्थाका प्रवासी नेपालीहरुबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा रहेको पनि बताएका छन् ।

नव गठित कमिटीमा चयन भएका पदाधिकारी कुन देशबाट को ?

संयोजक
-श्री प्रसाद शाह

सह संयोजक
-भिम कार्की टेक्सस, अमेरिका
-सुवास पोखरेल, जर्मन

सचिव

-ध्रुव सुवेदी(अस्ट्रेलिया)
-उपसचिव रामहरी गैरे(कतार)
-उपसचिव सागर रिजाल(जापान)

सदस्य
-सीता खरेल(अमेरिका)
-राधाकृष्ण देउजा(अमेरिका)
-बाला घिमीरे(अमेरिका)
-यम लामा(अमेरिका)
-टेक गुरुङ(अमेरिका)

-भानुभक्त पोखरेल (नेपाल)

-सञ्जय मुडभरी(स्विजरल्याण्ड)

-अर्जुन खतिवडा (बेलायत)
-कृष्ण तिवारी(बेलायत)
-उमेश मोक्तान(बेलायत)
-डा. मनमूर्ति भुर्तेल (रुस)
-माधव शाह(अस्ट्रेलिया)
-अच्युत थपलिया (अस्ट्रेलिया)

-मनोज भुसाल (फिनल्यान्ड)
-लेखनाथ कोइराला(ओमान)
-शुभराज बमजन(दक्षिण कोरिया)
-टंक कटुवाल(पोल्याण्ड)
-शेरबहादुर परियार(पोल्याण्ड)
-प्रेम गौतम(स्वीडेन)
-टीबी कार्की(कतार)
-विमल गौतम (साउदी अरब)
-युवराज गैरे(कुवेत)
-राजु गुरुङ(युएई)
-प्रेम वम्जन(ओमान)
-देवशंकर घिसिङ (कुवेत)
-विपिन सापकोटा(युएई)
-दीपेन्द्र गजुरेल (स्पेन)
-अकल लामा(जर्मनी)
-कृष्ण देवकोटा(जर्मनी)
-हिरामान राई(हङकङ)
-निराजन सुवेदी(पोर्चुगल)
-पशुपति प्रसाद भण्डारी(नर्वे)
-दोर्ण सिलवाल(जापान)
-निगम खनाल(क्यानडा)
-राजन काफ्ले(आयरल्यान्ड)
-हरि बहादुर तामाङ(क्रोसिया)
-चिन्तन बुढामगर(साइप्रस)
-जिवच्छ यादव(बु्ररुनाई)
-धन बहादुर बोहरा(नेदरल्यान्ड्स)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!