US Khabar

साहित्यकार सुशीला पौडेलका दुई कृति एकसाथ विमोचित

- USKHABAR | ३ महिना पहिले प्रकाशित

साहित्यकार सुशीला पौडेलका दुई कृति एकसाथ विमोचित

साहित्यकार सुशीला पौडेलका दुई कृति एकसाथ विमोचित भएको छ । नेपाली साहित्यका बिबिध क्षेत्रमा कलम चलाउँदै आएकी साहित्कार पौडेलका दुई कृति “मुक्तक मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) शुक्रबार राजधानिको नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व सम्पन्न कृति विमोचन समारोहमा कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे ,कवि तथा गीतकार चूडामणि देवकोटा , समावेशी आयोगका सदस्य विष्णु ओझा , कवि एस्पी कोइराला, शुष्मारानी देवकोटा तथा सर्जकका मातापिता राधा पौडेल तथा फणीन्द्र प्रसाद पौडेलको विषेश आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि महामन्त्री थापाद्वारा पानसमा द्वीप प्रज्वलन गरी औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रममा प्रसिद्ध कवि एवं गीतकार दिनेश अधिकारी , एस्पी कोइराला ,चूडामणि देवकोटा ,भोजराज घिमिरे र विष्णु ओझाले शुभकामना मन्तव्य राखेका थिए ।

कृति र कृतिकारको लेखकिय सफलताको कामना सहित साहित्यकारहरुले पौडेल कृतिगत रुपमा उल्लेखनिय उपस्थिति जनाउने उदियमान गजलकार एवं मुक्तककारका रुपमा परिचय बनाउन सफल साहित्यकार भएको उल्लेख गरेका थिए ।

साहियत्कार पौडेल– वर्तमान समयकी सशक्त एवम् उज्ज्वल भविष्य बोकेकी स्रष्टा रहेको बताएका साहित्यकर्मीले उनको सफल काव्यिक यात्राले लामो फड्को मार्ने भन्ने कुरामा आफुहरु विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।

विमोचित कृतिमाथि समीक्षा गर्दै डा. मुरारी पराजुलीले मुक्तक नेपाली साहित्यको सर्वप्रिय विधा हुँदाहुँदै पनि सुशीला पौडेलको लालित्यपूर्ण सिर्जनात्मक लेखनकलाले उनले अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरिएकोले पाठकलाई सुरुचिपूर्ण लाग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली साहित्यको भिन्न भिन्न विधामा सशक्त रुपमा कलम चलाइरहेकी सुललित लेखनकला भएकी युवा साहित्यकार सुशीला पौडेलको एकसाथ दुई कृति सार्वजनिक कार्यक्रममा अयोग्यताका बावजुद पनि प्रेमले सम्झिदिनु प्रति कृतज्ञ भाव व्यक्त गरेका थिए ।

साथै महामन्त्री थापाले यि कृति आफ्ना लागि साहित्यिक खुराक भएको बताउँदै यस प्रकारका कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिका निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानमा प्रभावकारी भुमिका खेल्न सक्ने पनि उल्लेख गरेका छन् ।

कार्यक्रममा स्रष्टा सुशीला पौडेलले आफ्ना केही गजल र मुक्तक वाचन गरेको कार्यक्रलाई कवि तथा गजलकार बाबु त्रिपाठीले संचालन गरेका थिए ।

बर्षातका कारण प्रतिकूल बनेको मौसममका बाबजुद पनि कार्यक्रममा साहित्यकर्मी तथा संचारकर्मीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!