पहाडमा जन्मेको म
डाँडै डाँडाले घेरेको,
मध्य पहाडी भूभागमा जन्मेको म
म सानो हुँदा मलाई लाग्दथ्यो,
यिनै पहाड वरीपरि नै छ संसार
यहिँ सब संसार हो,
यहिँमात्र जीवन छ
अलि ठुलो बालक भएपछि
मलाई लाग्दथ्यो
त्यो डाँडामा पुग्न पाए
त्यो डाँडाको अर्को पट्टिको रहस्य देख्न पाए
के ति पहाड पछाडी पनि संसार होला ?
के ति पहाड पछाडी पनि जिबन होला ?
म ठुलो पनि भएँ
पहाडको माथि पनि पुँगे
तर खासै थाहा पाउन सकेको थिइन
उमेर बढेसंगै
संसार बुझने चेष्टासंगै
बल्ल थाहा पाएँ,
त्यो पहाड पछाडी पनि अर्को पहाड छ
पहाड पछाडी पहाड, पहाड पछाडी पहाड ।।
प्रतिक्रिया