US Khabar

के पुजालाई अनमोलकै साहारा चाहिएको हो ?

- US KHABAR | ५ महिना पहिले प्रकाशित

के पुजालाई अनमोलकै साहारा चाहिएको हो ?

आफ्नै स्टारडमले फिल्म चलाउन सक्षम भएको दाबी गर्ने नायिका पुजा शर्माले भर्खरै आफ्नो निर्माणमा बन्ने फिल्मको लागि नायक अनमोल केसीलाई खेलाउने सम्झौता गरिन् । पुजा स्वयं अनमोलको अपोजिटमा खेल्ने सम्झौता गरीएको फिल्ममा अनमोलले निकै महंगो पारिश्रमिक लिएको बताइएको छ ।

कुनै समय आफै महंगो पारिश्रमिकमा काम गर्ने पुजाले अहिले भने आफै फिल्म निर्माण गर्न तम्सिएकी छिन्, त्यो पनि सबैभन्दा महंगोमा नायक अनुबन्ध गरेर ।

पुजा को पछिल्लो फिल्महरु ब्या टु ब्याक फ्लप हुन थालेका थिए, उनको पछिल्लो रिलिज फिल्म म यस्तो गीत गाउँछु २ चल्नमा सबै जस पल शाहले लगे भने त्यस अघिका फिल्म राम कहानी र पोइ पर्यो काले दुबै बक्स अफिसमा असफल भए ।

त्यसपछि उनले आश गरेको एक मात्र फिल्म थियो म यस्तो गीत गाउँछु २, जुन फिल्म फ्लप हुँदा हुँदै जोगियो । पल शाहको सेन्टिमेन्टमा फिल्म चलाउन सफल भएपनि पुजाले त्यो फिल्म बाट सकारात्मक प्रतिक्रिया पाइनन् ।

उनको रिलिज कुरेर बसेको सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना नामक दुबै फिल्मले उनको स्टारडम चम्किनुको सट्टा उल्टै खस्किने सम्भावना छ । त्यसैले पुजाले आफ्नो स्टारडम सकिनु अघिनै अनमोलको सहारामा आफ्नो स्टार भ्यालु जोगाउने दाउ गरेको बुझ्न गाह्रो नपर्ला ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!