२० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी भएको छ । रोयटर्सका अनुसार सन् २००२ पछि पहिलो पटक अमेरिकी डलर र युरोको भाउ बराबरी भएको हो ।
रुसले युरोपमा इन्धन निर्यातमा कडाइ गरेको असर स्वरूप युरो कमजोर बनेपछि दुई देश विच २ दशकपछि पहिलो पटक डलरसँग भाउ बराबरी भएको हो ।
लामो समय देखि रुस युक्रेन युद्धको असर स्वरुप डलरको भाउ बराबरी भएको हो । रुसी आक्रमणपछि युरोप र अमेरिकाले रुसमाथि लगाएको कडा आर्थिक प्रतिबन्धको बदलामा रुसले पनि इन्धन निर्यातमा कटौती गर्दा युरोपमा महँगी बढेसंगै युरोको भाउ कमजोर हुँदै गइरहेको हो ।
इन्धन कटौतीका कारण युरोपका लागि आउँदा दिन झनै चुनौतीपूर्ण रहेको बताउँदै आर्थिक विश्लेषक नील विल्सनले यसको असर विश्वका धेरै ठाउँमा देखिने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया