गुरु पूर्णिमाको अवसरमा नेपाल स्थित अमेरिकन दुतावासले शुभकामना व्यक्त गरेको छ । शिक्षकको महत्व दर्साउँदै अमेरिकन दुतावासले केही तस्विर सहित गुरु पूर्णिमाको शुभकामना प्रकट गरेको हो ।
जीवनलाई प्रेरणा र आकार दिने गुरुहरुको स्थान सदैव उच्च रहने उल्लेख गर्दै दुतावासले गुरुहरुको समर्पण र ज्ञानका लागि आभार र कृतज्ञता पनि व्यक्त गरेको छ ।
दुतावासले आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेको शुभकामना सन्देश संगै गुरु र शिक्षकको महत्व झल्कने ३ वटा तस्विरहरु पनि रहेका छन्
प्रतिक्रिया