अमेरिकाको टेक्ससमा कलाकार सन्दिप क्षेत्री र गायक हेमन्त रानाले आफ्नो प्रस्तुती दिने भएका छन् । जुलाई १७ अर्थात आगामी आईतबारका साँझ कलाकार क्षेत्री र गायक रानाले आफ्नो कलात्मक तथा साँगीतिक प्रस्तुती दिने भएका हुन् ।
ह्याङ्ग आउट रेस्टुरेन्ट तथा स्पोर्ट्स क्लवको आयोजनामा हुन लागेको यस कार्यक्रम आईतबार साँझ ८ बजेबाट सुरु हुनेछ ।
उपस्थित हुन ईच्छुकहरुका लागि टिकट बुकिङ खुल्ला गरिएको कार्यक्रमको प्रवेश शुल्क १० डलर मात्र राखिएको छ । फ्रि पार्किङ र ड्रिंक्स स्पेसल यस सांगीतिक तथा मनोरञ्जनात्मक डिजे सहितको यस रात्रिकालिन प्रस्तुती सोमबार राती २ बजे सम्म संचालन हुने क्लब संचालक बिबेक कंडेलले जानकारी दिएका छन्।
कार्यक्रममा प्रस्तुतिका लागि कलाकार सन्दिप छेत्री यति बेला टेक्सास आइपुगेका छन् भने गायक राना भोलि अर्थात् जुलाई १५ मा टेक्सास आउने भएका हुन् ।
कार्यक्रमको पूर्ण सफलताको शुभकामना
प्रतिक्रिया