US Khabar

आध्यात्मिक केन्द्र( NCSC) र NST भाषा पाठशालाले टेक्ससमा ‘समर क्याम्प २०२२’ आयोजना गर्दै

- USKHABAR | ४ महिना पहिले प्रकाशित

आध्यात्मिक केन्द्र( NCSC) र NST भाषा पाठशालाले टेक्ससमा ‘समर क्याम्प २०२२’ आयोजना गर्दै

अमेरिकाको टेक्ससमा समर क्याम्प-२०२२ आयोजना हुने भएको छ । नेपाली भाषा सहित्य, धर्म, संस्कृति तथा बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आएको नेपाली समाज टेक्ससको भाषा पाठशाला तथा नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रले यस बर्षको ‘समर क्याम्प’ जुलाई २१ बाट सुरु हुने घोषणा गरेको हो ।

जुलाई २१ बाट २४ सम्म चल्ने ४ दिने समर क्याम्पमा बालबालिका देखी बृद्ध बृद्धा सम्मका लागि उपयोगी कार्यक्रमहरु राखिएका छन् । जसमा योगा, ध्यान, प्रवचन संगै बालबालिका लक्षित नेपाली भाषा, साहित्य, संस्कृति संवद्ध कार्यक्रमहरु रहेका छन् ।

टेक्ससको अर्भिङमा आयोजना हुने यस कार्यक्रम जुलाई २१ का दिन बिहान ८ ३० बजेबाट सुरु भएर ३ बजेसम्म संचालन हुनेछ ।

नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीका यस समर क्याम्प विगतका बर्षहरुमा आयोजना हुँदै आएको कार्यक्रम अन्तरगतको संस्करण हो । जसले नेपाली समुदाय तथा बालबालिका केन्द्रित उपयोगी ज्ञानको विस्तारमा काम गरिरहेको छ ।

चर्चित योगा तथा आध्यात्मिक गुरुहरुद्वारा योगा, मेडिटेशन तथा आध्यात्मिक जागरण सम्बिन्ध प्रशिक्षण तथा प्रवचन दिने कार्यक्रममा बटुक बिष्ट, डा. भोलानाथ योगी र डा. चिन्तामणी योगी प्रमुख अतिथी तथा वक्ताका रुपमा उपस्थित हुनेछन् ।

कार्यक्रमको अन्तिम तयारीमा रहेको आयोजक एनसीएसी र एनएसटी भाषा पाठशालाले यस कार्यक्रममा सहभागी हुन् ईच्छुकहरुका लागि सम्पर्क नं. सहित सुचना सार्वजनिक गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन तथा थप जानकारीका लागिनेपाली भाषा पाठशालाका अभिनय प्रशिक्षक,पशुपती तिम्सिना, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, बरिष्ठ उपाध्यक्ष, विवेक कडेंल, उपाध्यक्ष जनक भण्डारी र महासचिव सन्देश उप्रेतीको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ ।

साथै कार्यक्रमा सहभागी हुन चाहनेहरुका लागि अनलाईन रजिस्ट्रेसन फर्म खुल्ला गरिएको छ । जसका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!