US Khabar

ईतिहास मै पहिलो पटक नेपाली चलचित्रमा नयाँ अभ्यासको थालनी: CCN नेपालले निर्माण गर्यो ‘सुनचित्र’

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

ईतिहास मै पहिलो पटक नेपाली चलचित्रमा नयाँ अभ्यासको थालनी: CCN नेपालले निर्माण गर्यो ‘सुनचित्र’

नेपाली चलचित्रको गुणस्तर बिकासका लागि सीसीएन नेपाल नामक संस्थाले नेपाली चलचित्रको स्क्रिप्टलाई एकै कार्यथलोमा रहेर संवाद, स्क्रीन प्ले, संगीत, पाश्र्व संगीत र डबिङ लगायतका कलाकर्मी समेटेर सुनचित्रको कन्सेप्ट तयार गरेको छ । यो नेपालको चलचित्र ईतिहासमै नयाँ प्रयोग हो ।

यो प्रयोगबाट निम्न लिखित बुँदाहरुमा फाईदा हुने देखिन्छ :-

१)चलचित्रको कथाबस्तुलाई प्रस्टसंग बुझीने, छायांकन दौरानमा सिधै जान मिल्ने, कलाकारहरुले सजिलै बुझ्ने, लेखिएको कथालाई प्रस्तुतीमा ल्याउन सहज र प्रभावकारी, स्क्रिप्टको बिषय बस्तुलाई चल्ने चित्रको रुपमा प्रयोग गर्न सकिने ।

२) यस सुनचित्रबाट सिधै रियल्सलमा जान सकिने, चलचित्रको लागत खर्च सजिलै अनुमान गर्न सकिने, कलाकार छनौट र कार्य विभाजन सजिलै संग गर्न सकिने, संगीत निर्माणका लागि लाग्ने समय समेत बच्ने साथै डमी संगीत समेत बन्ने भएकाले गीत कस्तो बन्यो र त्यसले कथामा पार्ने प्रभावका बारेमा पहिले नै जानकारी राख्न सकिने, संगीत अनुसारको सिन खिच्न सकिने, चलचित्रको वास्तविक समय र सुनचित्रको समयावधी एउटै हुने भएकाले पछि चलचित्र छायांकन र सम्पादन र फाईनल संगीत बाहेका प्राय सबै नै कामहरु हुने ।

चलचित्र कस्तो बन्छ भन्ने पहिले नै तय हुने भएकाले चलचित्रमा गरिने लगानीको सुनिश्चितता पहिले नै हुने र अनावश्यक खर्च नहुने र लगानी डुब्ने जोखिम कम हुने ।

३) नेपाली चलचित्रको विकासका लागि गरिएको यस नयाँ अभ्यासले नयाँ तथा पुराना निर्माताका लागि लगानीको रोडम्यापको मार्गदर्शन गर्दछ । हरेक बजेटको सहि व्यवस्थापन हुन्छ ।

४)सुनचित्र आँफैमा चलचित्र नै भएकाले यो सुन्दा चलचित्र हेरेकै आभाष गराउँछ जसले गर्दा चलचित्र निर्माण टिमले त्यसमा नमिलेको पार्टलाई पहिल्याउन सक्छन्, नेपालमा देखिएको लेख्दा राम्रो लाग्ने तर चलचित्र बनेर आउँदा सो अनुसारमा नबन्ने समस्या को समाधान यहि अभ्यासबाट मात्र सम्भव छ, पाश्र्व संगीत समेत बन्ने हुँदा सबै प्राविधिकहरुलाई सजिलो हुने, कलाकार कस्तो र कति चाहिन्छ अनुमान गर्न एकदमै प्रभावकारी, स्क्रिप्ट नै चलचित्रको आत्मा हो, बहु भाषामा डविङ गर्न पनि सजिलो हुने ।

(सिसिएन प्रमुख पि एस चन्द्राले यस प्रकारका अभ्यासले नेपाली चलचित्रको विकाश तथा विस्तारमा नयाँ धारणा विस्तारको मार्ग दर्शन गर्ने जानकारी दिंदै ईच्छुक कलाकर्मीलाई सहकार्यका लागि आह्वान पनि गरेका छन् ।)

जसका लागि सम्पर्क नं.सार्वजनिक गरिएको छ :-

  • बालकृष्ण भट्ट – प्रोडक्सन प्रमुख (९८५१०९१०५०)
  • सुष्मा देवकोटा – मिडिया संयोजक (९८६१५६५७७७)
  • सुवाष अर्याल – मिडिया संयोजक  (९८४६९९१३१९)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!