US Khabar

मोडलिङ्गमा रुबिना

- सुष्मा देबकोटा , काठमाडौँ | ४ महिना पहिले प्रकाशित

मोडलिङ्गमा रुबिना

गत बर्षको सर्वाधिक सफल तिज गीत सोचे झैं जिन्दगी रैनछ की मोडल हुन् रुविना अधिकारी । बुवा रााम प्रसाद अधिकारी आमा रुक्मिणी आचार्यको सन्तानका रुपमा बाँके जिल्लाको नेपालगञ्जमा जन्मिएकी रुविनाले २०७१ सालबाट औपचारिक कलाकारिता यात्रा सुरु गरेकी हुन् ।

एसएलसी पछि नेपालगञ्जमा नै बसेर प्लस टु सम्मको अध्ययन पुरा गरेकी रुविनाले सो समयबाट नै कलायात्रा सुरु गरेकी हुन् । प्लस टु अध्ययनका समय उनि काठमाडौं आएर म्युजिक भिडियोमा काम गरेर फर्किएकी थिईन् ।

प्लस टु उत्रिण गरेपछि वियस्सी नर्सिङ अध्ययनका लागि २०७२ सालमा काठमाडौं आएकी उनले पछि सो बिषय छोडेर पव्लिक हेल्थलाई बिषयमा व्याचलर अफ पव्लिक हेल्थ अर्थात विपिएच गरिन् ।

आफ्नै दिदी सरिता खनाल र टंक टिमिल्सिनाको स्वरमा रहेको तिम्रो मन चोर्नै पर्ने बोलको गीतको भिडियोबाट औपचारिक कलाकारिता यात्रा सुरु गरेकी रुविनाले अहिले सम्म २५० भन्दा बढी म्यूजिक भिडियोका काम गरेकी छन् ।

सबै गीतमा कुशल अभिनय गरेकी उनलाई गत बर्षको तिज गीत सोचे झैं जिन्दगी रैनछ सर्वाधिक सफल बनाएको थियो । यो बर्ष पनि उनका तिज गीतहरु बजारमा आउने क्रममा छन् ।

मह जोडी लगायत थुप्रै ख्याति प्राप्त कलाकारसंग काम गरेकी उनले देशका प्राय सबै जिल्लामा आफ्नो प्रस्तुति दिई सकेकी छन् । रुविना भन्छिन् देशका विभिन्न जिल्लाबासी तथा प्रवासी दर्शक साथ र माया नै सबै भन्दा ठुलो अवार्ड हुने तर्क राख्ने उनले सागर लम्साल बले, शंकर विसी, रामजी खाँड, बब्बु थापा, लोमश शर्मा, देवेन्द्र वक्लु, वबी रायमाझी, वविन सिंह लगायतका धेरै चर्चित कलाकारसंग सहकार्य गरिसकेकी छन् ।

२५० भन्दा माथीको संख्यामा म्युजिक भिडियोमा काम गरेकी रुविनाको यहि नै खाष आईडल कलाकार भन्ने छैन उनको मान्यतामा सबैबाट केही न केही सिक्ने प्रयास पहिलेबाट नै गर्दै आएकाले सकारात्मक उदेश्यले भेटिएका सबै उनका आईडल हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!