US Khabar

‘देश बेचुवाहरुलाई टुडिखेलमा झुन्ड्याउनु पर्छ’ – राजेन्द्र महतो

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘देश बेचुवाहरुलाई टुडिखेलमा झुन्ड्याउनु पर्छ’ – राजेन्द्र महतो

प्रतिनिधिसभा बैठकमा राजेन्द्र महतोले आफूमाथि बैठकमै भेदभाव भएको आरोप लगाएका छन् । सजपा नेता महतोले आफूलाई बोल्ने समय १० मिनेट निर्धारण भएपछि उनले विभेद भएको भन्ने आवाज उठाएका हुन् ।

यसअघि बोलेका नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस अध्यक्ष शेरबहादुर देउवालाई समय तोकिएको थिएन । नेता महतोले यो संविधान सबैको नभएको दाबी गरे । उनले भने, ‘किन समय निर्धारण गर्ने, किन रातो बत्ती बाल्ने ? आज ऐतिहासिक दिन हो ।’

राष्ट्रियता कसैको एकलौटी नभएको उल्लेख गर्दै उनले सबैलाई समेट्न आग्रह गरे । संविधान संशोधनका बेला आउँदा ज्यान गुमाएकाहरुलाई पनि सम्झना गर्न उनले आग्रह गरे । उनले भने, ‘भूमिमात्र राष्ट्रियता होइन, जनता पनि राष्ट्रियता हो ।’

संविधानका भएका असन्तुष्टिहलाई थाती राखेर संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको उनको उनको भनाइ छ । सरकारले विभेद गरे पनि मधेशी जनताले सीमाको रक्षा गरेको जनाए । उनले भने, ‘देश बेचुवाहरुलाई टुडिखेलमा झुन्ड्याउनु पर्दैन ? किन संरक्षण गरेको ?’

पार्टी फोरेर महाकाली सान्धि पारित गराएको स्मरण गर्दै उनले देश बेचुवा र राष्ट्रघातीहरुको खोजी गर्न आग्रह गरे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!