US Khabar

सान फ्रान्सिस्को विमानस्थलमा बम विस्फोटको धम्की: विमानास्थल आपतकालिन बन्दको घोषणा

- USKHABAR | ३ महिना पहिले प्रकाशित

सान फ्रान्सिस्को विमानस्थलमा बम विस्फोटको धम्की: विमानास्थल आपतकालिन बन्दको घोषणा

क्यालिफोर्नियाको सान फ्रान्सिस्को विमानस्थल अचानक खाली गरिएको छ । शुक्रबार राति विमानास्थलमा बम खसालेर आगजनी गर्ने धम्की आएपछि विमानास्थल प्रसशनको आपतकालिन बैठकले सान फ्रान्सिस्को विमानस्थलको अन्तिम टर्मिनल खाली गराएको हो ।

धम्कीसंगै प्रज्वलनशिल आगजन्य उपकरण फेला परेपछि थालिएको अनुसन्धानमा एक जना पक्राउ परेका छन् । उनलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

विमानास्थलमा बम खसाल्ने धम्कि दिएको केही घण्टामा विमानास्थलमा प्रज्वलनशिल आगजन्य पदार्थ बरामत भएको थियो । बम विस्फो विमानास्थल परिसरमा त्रासदी फैलिएको थियो ।

विमानास्थलमा आगजनीको धम्की आएको समय सयौं यात्रु टर्मिनलमा रहेका थिए । सुचना सार्वजनिक भएपछि उनिहरुमा त्रासदीको अवस्था सृजना भएको थियो ।

उक्त घटना पछि केही यातायातका साधनहरु बन्द गरिएका थिए भने विमानस्थलको स्टेसन ८ः४२ मिनेटमा बजे बन्द गरिएको थियो भने धक्कीमा सत्यता भएको थाहा पाएसंगै साँझ ९ः२८ मा सामाजिक संजाल ट्विटर मार्फत विमानास्थल खाली भएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!