US Khabar

सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ जना पक्राउ

- USKHABAR | ३ महिना पहिले प्रकाशित

सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ जना पक्राउ

काठमाडौं, १ साउन ।

प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!