US Khabar

११ टन गोलाबारूद लिएर बंगलादेश आउँदै गरेको युक्रेनी विमान दुर्घटना: विमानमा सवार सबैको मृत्यु

- USKHABAR | ३ महिना पहिले प्रकाशित

११ टन गोलाबारूद लिएर बंगलादेश आउँदै गरेको युक्रेनी विमान दुर्घटना: विमानमा सवार सबैको मृत्यु

ठुलो मात्रामा हतियार लिएर बङ्गलादेशका लागि उडान भरेको विमान दुर्घटना हुँदा विमानमा सवार सबै चालक दलको मृत्यु भएको छ ।
सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उडेको विमान उत्तरी ग्रीसमा विमान दुर्घटना भएको हो ।

रातिको समय गोला बारुद सहित विस्फोट भएको विमानमा चालक दलका ८ जना सदस्य रहेका थिए । उनिहरु सबैको जलेर मृत्यु भएको छ ।
शनिवार राति ग्रीसको एक गाउँको खेतमा खसेको विमानमा भारी मात्रामा प्रज्वलनशिल हतियार रहेकाले आईतबार विहान सम्म पटक पटक ठुलो आवाजमा विस्फोट भै रहेको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।

सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार सो विमान आफ्नो देशको नभई युक्रेनको भएको बताएका छन् । उनका अनुसार सिरियाबाट उडेपनि सो विमानमा आफ्ना नागरिक समेत नरहेको जानकारी दिएका छन् । यसर्थ दुर्घटनाग्रस्त विमान र मृतक चालक दलका सबै सदस्य युक्रेन नागरिक रहेको खुलेको छ । यो विमान युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन विमान रहेको सिरियाले उल्लेख गरेको छ ।

यदि विमान युक्रनी कम्पनीको थियो र सिरियाबाट बंगलादेश विस्फोटक हतियार सहित आउँदै गरेको विमान आक्रमणमाथी पनि प्रश्न गर्ने आधारहरु धेरै जन्मिएका छन् । रुसले आक्रमणको निसाना बनाएर हजारौं युक्रनी नागरिकको ज्यान लिंदै आएको वर्तमान अवस्थामा भएको यस विमान दुर्घटना पनि रुसकै योजनामा भएको थियो भन्ने भन्ने तर्क समेत विश्व समुदायले पेस गरिरहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!