US Khabar

शान थापा निर्देशित 8K एभरेष्ट मोशनको ‘छमक-छमक’ सार्वजनिक: शुक्रबार ‘राधाकृष्ण’ सार्वजनिक हुँदै

- सुबाश अर्याल - काठमाडौँ | ३ महिना पहिले प्रकाशित

शान थापा निर्देशित 8K एभरेष्ट मोशनको ‘छमक-छमक’ सार्वजनिक: शुक्रबार ‘राधाकृष्ण’ सार्वजनिक हुँदै

गायक तथा संगीतकार सन्तोष सुनारको नयाँ गीत सार्वजनिक भएको छ । संगीतकर्मी सन्तोष स्वयंको शब्द रचनामा रहेकोे गीत छमक-छमक एट के एभरेष्ट मोशनको यूटुव च्यानल मार्र्फत भिडियो सहित सार्वजनिक भएको हो ।

शान थापाको निर्देशनमा निर्माण भएको भिडियोमा रञ्जिता थापा, आशिष र सचिनको केन्द्रिय भूमिका रहेको छ भने नृत्य तथा अभिनययमा प्रस्तुत कलकारहरुले सहायक कलाकारकै रुपमा पनि उत्कृष्ट अभिनय निर्वाह गरेको छन् ।

राजिव समिरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी टिमले छायांकन तथा सम्पादन विवेक सुनारले गरेका हुन् ।

यस पिच अघि रोड, घाममा सुकाईदेउ, घरबार, नौटंकी माया लगायतका अत्याधिक सफल गीतहरु सार्वजननिक गर्दै आएको एट के एभरेष्ट मोशन पिक्चर्सले यसै साता राधाकृष्ण बोलको गीत पनि सार्वजनिक गर्दै छ ।

चर्चित गायिका रचना रिमाल र गायक हरी गिरि ‘बिमर्षी’को स्वरमा रहेको यस गीत् अमेरिका निवासी संचारकर्मी तथा गीतकार किशन रेग्मीको शब्द तथा गायक विमर्षी स्वयंको संगीत रहेको रहेको छ । यस गीतलाई पनि निर्देशक तथा, छाँयाकार तिवारी, निर्माता मनोज बस्नेत, कोरियोग्राफर राजिव समिर लगायको टिम दोहोरिएको छ ।

शुक्रबार सार्वजनिक हुँदै गरेको गीतकार रेग्मीको राधा कृष्ण गीतमा यस पटक कलाकार सागर लम्साल बले र रुविना थापालाई विलकुल फरक लुक्स रअभिनयमा देखिने भएको छ । प्रेमका प्रतिक जोडीका रुपमा राधाकृष्ण र उनिहरुको प्रेमलाई विम्ब र प्रतिकका रुपमा प्रयोग गरेर पात्र खडा गरिएको गीतले आधुनिक राधा कृष्णको जोडीलाई प्रतिनिधित्व गर्दछ ।

RELEASING THIS FRIDAY

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!