नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । पर्साका बेवारिसे २५ वर्षीय मृतक पुरुष र बारा, निजगढका ५ वर्षीय मृतक बालकमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो ।
मृतक मध्य बाराको निजगढ नगरपालिका–६ योजनाटोलका बालकको उपचारका क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको थियो । मृत्यु पछि गरिएको उनको परिक्षण पश्चात बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
सुरुमा आकस्मिक कक्षमा उपचार गरिएको ती बालकको आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारिएको थियो । शुक्रबार दिउँसो २ बजे भेन्टिलेटरमा राखिएका उनको साढे ४ बजे मृत्यु भएको थियो ।
ती बालकको यात्रा विवरण नदेखिएको र यसअघि निजगढमा कोरोना संक्रमणसमेत पुष्टि नभएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया