US Khabar

बर्षा राउतको अभिनयमा गायिका कल्पना कुसुमको तिज गीत ‘कुर्ता सुरुवाल ‘ सार्वजनिक (भिडियो)

- Admin | ४ महिना पहिले प्रकाशित

बर्षा राउतको अभिनयमा गायिका कल्पना कुसुमको तिज गीत ‘कुर्ता सुरुवाल ‘ सार्वजनिक (भिडियो)

गायिका कल्पना कुसुमले यस बर्षको तिज गीत सार्वजनिक गरेकी छन् । डा. शिव सुवेदीको शब्द तथा अर्जुन पोख्रेलको लय सृजना रहेको गायिका कल्पना कुशुमको तिज गीत ‘कुर्ता सुरुवाल ‘ यूटुव मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

केशव बाबुको संगीत संयोजन रहको गीतमाथी निर्माण भएको म्यूजिक भिडियो कजिश श्रेष्ठले निर्देशन तथा कोरियोग्राफीमा बजारमा आएको हो ।

चर्चित नायिका बर्षा राउतको अभिनय तथा नृत्यलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतको भिडियोलाई अर्जुन तिवारी टिमले छायांकन गरेको हो भने सम्पादन दिपक विष्टको रहेको छ ।

हरेक बर्षका तिज बिषेश गीतहरु सार्वजनिक गर्दै आएकी गायिका कल्पना कुशुमका यस अघि शिवजीको दर्शन, मुलको पानी, हाम्रा बाबाले, सास विनाको, मख्खै पर्यो लगायतका गीतहरु सार्वजनिक छन् ।

 

RELEASING THIS FRIDAY

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!