US Khabar

भोलिबाट १८ बर्ष माथी उमेर समुहका काठमाडौंबासीलाई कोभिशिल्ड बुस्टर खोप दिईने

- USKHABAR | ११ महिना पहिले प्रकाशित

भोलिबाट १८ बर्ष माथी उमेर समुहका काठमाडौंबासीलाई कोभिशिल्ड बुस्टर खोप दिईने

भोलीबाट काठमाण्डौ जिल्लाका १८ बर्ष माथी उमेर समुहलाई कोभिड विरुद्धको बुस्टर खोप दिईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार काठमाडौंका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला हो ।

काठमाण्डौका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको जिल्ला स्वास्थ्य कार्यलयले भोलीबाट बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम संचालन गर्नेछ । ४ दिने यस खोप कार्यक्रम असार ६ गतेसम्म संचालन हुनेछ ।

चिकित्सकका अनुसार दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले यो बुस्टर खोप लगाउन मिल्नुका साथै ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन सुझाव समेत दिएको छ ।

स्वास्थ्य कार्यालयल खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपी सहित जान पनिे अनुरोध गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!