US Khabar

न्यूयोर्कमा हुने मिस ‘नेपाल नर्थ अमेरिका’को ग्राण्ड फिनालेमा अतिथीका रुपमा मोडल एन्जल सहभागि हुँदै 

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

न्यूयोर्कमा हुने मिस ‘नेपाल नर्थ अमेरिका’को ग्राण्ड फिनालेमा अतिथीका रुपमा मोडल एन्जल सहभागि हुँदै 

अमेरिकामा आयोजना हुँदै आएको मिस नेपाल नर्थ अमेरिकाको ग्रण्ड फिनाले अगष्टको पहिलो साता हुने भएको छ । न्यूयोर्क स्थित Melrose Ballrom मा अगष्ट ६ तारिक शनिवारका दिन मिस नेपाल नर्थ अमेरिकाको शिर्ष प्रतियोगी छनोट सहितको ग्राण्ड फिनाले हुने भएको हो ।

गत वर्ष २०२१ मा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ नारा सहित आयोजना भएको मिस नेपाल नर्थ अमेरिकाले यस पटकको संस्करणमा भने नेपाली महिलालाई सशक्तिकरण गर्दै आगामी पुस्तालाई सशक्त बनाउने लक्ष्य सहित ग्राण्ड फिनालेको तयारी भै रहेको छ ।

यस पटक हुने मिस नर्थ अमेरिका २०२२ मा अतिथीका रुपमा मोडल एन्जल श्रेष्ठ सहभागि हुने भएकी छन् ।

यस अघि गत बर्ष सम्पन्न मिस नेपाल नर्थ अमेरिका–२०२१ को उपाधी न्यूयोर्ककी गरिमा ज्ञवालीले जित्न सफल भएकी थिईन् भने फस्ट रनरअप याङ्गछेन लामा र सेकेण्ड रनरअप सुभेच्छा निरौला घोषित भएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!