एजेन्सी- मृगौलामा पत्थरी ‘यूरिन सिस्टम’ को एक रोग हो । यो शरिरमा पानीको कमी वा क्याल्सियम को मात्रा बढ्दा हुँदा हुने रोग हो । मृगौलामा पत्थरी एकैपटक नभई बिस्तारै बन्ने गर्दछ ।

जब यो ठूलो हुन्छ तब मृगौला वा युरिनरी सिस्टममा यसको चालका कारण निकै पीडा, पटक–पटक बान्ता आउनेलगायतमा समस्या देखिन थाल्छ । मेदान्ता द मेडिसिटी, दिल्ली अस्पतालका असोसियट डाइरेक्टर र हेड अफ एन्ड्रोलोजी एन्ड रोबोटिक सर्जरी डा. मानव सूर्यवशंले मृगौलामा पत्थरी बढ्ने कारणको बारेमा जानकारी दिएका छन् ।

मृगौला पत्थरीका लागि जिम्मेवार कारण

परिवारका कुनै सदस्यलाई भएमा

यदि परिवारमा कसैलाई मृगौला पत्थरीको समस्या भएको छ भने तपाईंलाई पनि यसको खतरा हुनसक्छ । यदि तपाईंलाई मृगौला पत्थरीको समस्या छ भने पत्थरी बढ्ने आशंका पनि हुने गर्दछ ।

पानीको कमी

शरिरमा पानीको कमी हुँदा पनि मृगौला पत्थरीको आशंका रहने गर्दछ । गर्मी ठाउँमा बस्ने मानिसहरुलाई धेरै पसिना आउँछ, त्यस्तो मानिसहरुलाई मृगौला पत्थरीको खतरा धेरै हुन्छ ।

 गलत खानपीन

दैनिकको खानामा आवश्यकभन्दा बढि प्राटिन वा सुगर खाँदा पनि मृगौला पत्थरीको समस्या हुनसक्छ ।

 धेरै नुन खानु

धेरै नुन वा नुनिलो खानेकुरा खाँदा मृगौलामा क्याल्सियमको मात्रा बढ्ने गर्दछ । यसले मृगौलाको काममा नराम्रो असर पर्दछ र मृगौला पत्थरीको समस्या देखिन सक्छ ।

पाचनसम्बन्धि रोग वा शल्यक्रिया

इन्फ्लामेटरी बाउल डिजिज, झाडाजस्ता समस्या हुँदा वा ग्याष्ट्रिक बाइपास सर्जरी गराउँदा शरिरको पाचन प्रक्रियामा असर पर्दछ । यस्तो अवस्थामा क्याल्सियम र पानी राम्रोसँग नसोस्ने भएकाले पत्थरी हुने आशंका बढ्छ ।

 धेरै तौल

धेरै तौल हुँदा वा पेटको बोसो बढ्दा पनि मृगौला पत्थरी हुने खतरा थुप्रै गुणाले बढ्ने गर्दछ ।

बच्ने सरल उपाय

धेरै पानी पिउनुहोस्

दिनभरी कम्तीमा पनि ७–८ गिलास पानी पिउनुहोस् ता कि शरिरमा पानीको कमी नहोस् । यदि तपाईंको पिसाबको रङ पहेंलो छ भने तपाईंले धेरै पानी पिउनुपर्छ भन्ने बुझ्नुहोस् ।

क्याल्सियम डाइट

डाइटमा दूध र दूधले बनेको खानेकुरा समावेश गर्नुहोस् । यसले पत्थरीको समस्याबाट जोगाउँछ । तर क्याल्सियम सप्लिमेन्ट लिनुपूर्व विशेषज्ञको सल्लाह लिनुहोस् । यसको धेरै मात्रा मृगौला पत्थरीको कारण बन्नसक्छ ।

नुन कम खानुहोस्

अचार, पापड, चिप्सजस्ता नुनिलो खानेकुरा निकै कम खानुहोस् । यसमा नुनको मात्रा अत्यधिक हुने गर्दछ । खाना माथि नुन नहाल्नुहोस् ।

म्याग्नेसियम खानेकुरा

डाइटमा हरियो सागपात, गेडागुडी, तिल समावेश गर्नुहोस् । यसमा भरपूर मात्रामा म्याग्नेसियम पाइन्छ । यसले शरिरमा क्याल्सियमलाई ब्यालेन्समा राखी मृगौला पत्थरीको खतरालाई कम गर्न मद्दत पुर्याउँछ ।

चिनी कम खानुहोस्

शरिरमा सुगरको मात्रा बढ्दा क्याल्सियम र म्याग्नेसियम राम्रो सँग सोसिँदैन । यसले मृगौला पत्थरीको समस्या बढ्ने गर्दछ । त्यसकारण मिठाई, सोडा र अन्य गुलियो खानेकुरा निकै कम खानुहोस् ।

व्यायाम गर्नुहोस्

दैनिक कम्तीमा पनि ३० मिनेट हिँड्नुहोस् वा व्यायाम गर्नुहोस् । यसले तौल र रक्तचाप कन्ट्रोलमा हुन्छ जसले मृगौला पत्थरीको आशंका घट्नेछ ।

Comments

comments