US Khabar

गायक प्रकाश रेग्मीको ‘शिरको फूल’ गीत लाखौं भिवर्स सहित सफलताको उकालो यात्रामा

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

गायक प्रकाश रेग्मीको ‘शिरको फूल’ गीत लाखौं भिवर्स सहित सफलताको उकालो यात्रामा

गायक प्रकाश रेग्मीको नयाँ गीत शिरको फूल सार्वजिनक भएको छोटो समयमा नै सफलताको गतिमा अघि बढिरहेको छ । गायक प्रकाश र गायिका रेश्मा पुनको युगल आवाजमा रहेको यस गीत लाखौंको संख्यामा भिवर्स र सयौं सकारात्मक कमेन्टका साथ सफलताको उकालो यात्रामा देखिएको हो ।

राम अविरल विष्टको शब्द रचना तथा एसडी योगीको संगीत रहेको यस ‘शिरको फूल’ गीतको संगीत संयोजन भने रिकेश गुरुगंले गरेका हुन् ।
पछिल्लो समयका चर्चित कलाकारद्वय नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय रहेको यस गीतमा सरल शब्द र संगीतको प्रयोग गरिएको भएपनि संगीतले नयाँ शैलिको मिठाशमा ध्यान दिंदा गीतले भिन्न स्वाद पस्कन सफल भएको छ ।

आकर्षक पहिरन, भाव, लोकेशन र कोरियोग्राफी रहेको शिरको फूल गीतले विवाहको चाहत बोकेका प्रेमिल जोडीको आत्मिक घुर्की र गुनासोलाई कलात्मक रुप दिईएको छ । भिडियोलाई तत्कालिन राजा महाराजाको दरवारिया प्रेमकथाको स्वरुपमा चित्रण गरिएकाले पनि अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ ।

चर्चित निर्देशक तथा कोरियोग्राफर शिव विको निर्देशन तथा कोरियोग्राफी रहेको ‘शिरको फूल’को भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने सम्पादन सम्पादन मिलन विश्वकर्माको रहेको छ ।

सार्वजनिक भएको छोटो समयमा नै सफलताको मार्ग तय गरेको यस गीतको समाचार तयार पार्दा सम्म अर्थात अहिले सम्म ५ लाख ६० हजारको हाराहारीमा दर्शकले यस गीत हेरेका छन् भने ३ सय भन्दा माथीको संख्यामा सकारात्मक प्रतिकृया आईसकेका छन् ।

गायक प्रकाश रेग्मीको यस अघि मैना, मर्जी, तिमी विना, मायाको बस्ती, शिशा जस्तै लगायतका दर्जनौं गीतहरु सार्वजनिक छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!