US Khabar

कोभिडपछि राष्ट्र बैंकले कति बाँड्यो कर्जा ?

- Admin | २ महिना पहिले प्रकाशित

कोभिडपछि राष्ट्र बैंकले कति बाँड्यो कर्जा ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि आर्थिक पुनरुउत्थानका लागि नेपाल राष्ट्र बैंकले २ खर्ब ६४ अर्ब ४३ करोड पुनर्कर्जा सुविधा दिएको छ ।

७२ हजार ८९५ ऋणीले पुनर्कर्जा सुविधा लिएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउबाट प्रभावित उद्योगी–व्यवसायीलाई केन्द्रीय बैंकले पुनर्कर्जा सुविधा उपलब्ध गराएको हो ।

केन्द्रीय बैंकले पुनर्कर्जाको अधिकमत ब्याजदर ५ प्रतिशत तोकेको छ । जसमध्ये विशेष पुनर्कर्जाका लागि भने ३ प्रतिशत ब्याजदरमा नै ऋणीले प्राप्त गर्ने ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा उल्लेख छ ।

महामारीबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम–व्यवसायलाई पुनर्कर्जामा प्राथमिकता दिंदै आएको जनाएको छ । बढीमा एक वर्षको लागि दिइने यस्तो कर्जा दोस्रो पटक नपाउने व्यवस्था ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ ले गरेको छ ।

कोभिडपछि परिमार्जनसहित आएको पुनर्कर्जा कार्यविध अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ मा कुल १ खर्ब ४८ अर्ब ७५ करोड पुनर्कर्जा स्वीकृत गरेको छ । ४८ हजार ८९० जना ऋणीले उक्त पुनर्कर्जा प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आर्थिक वर्ष ०७८/७९ को ११ महिना (जेठसम्म) २४ हजार ३०५ जना ऋणीले १ अर्ब १५ करोड ७० लाख रुपैयाँ पुनर्कर्जा सुविधा प्राप्त गरेका छन् ।

राष्ट्र बैंकले २ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा बैंकहरुले ५ प्रतिशत ऋणीलाई दिनुपर्छ । यस्तै विशेष पुनर्कर्जा बैंकलाई राष्ट्र बैंकले १ प्रतिशत ब्याजदरमा उपलब्ध गराएर बैंकहरुले ३ प्रतिशतमा ऋणीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
पछिल्ला दुई आर्थिक वर्षमा स्वीकृत भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै साधारण पुनर्कर्जा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!