US Khabar

यस पटकको तिजमा सुजाताले टोल थर्काउने

- USKHABAR | २ महिना पहिले प्रकाशित

यस पटकको तिजमा सुजाताले टोल थर्काउने

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन् र शक्तिका केन्द्र पनि हुन् । हरितालिका तिजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दीर्घायुका लागि व्रत बस्ने दिन,अविवाहित नारीहरूले आफूले भनेजस्तै वर पाइयोस् भनी भगवानसँग आव्हान गर्ने दिन,मनोकामना पूरा हुने विश्वासको दिन अनि हर्षको दिनका साथै साथि संगीसँग भेट्दै छाम छाम नाचगान गर्ने दिन र पी भुलाउने दिन । रातो पहिरन,छड्के तिलहरी,वुलाकी,लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना,रातो रङ्गको दिन,पवित्रताको दिन,सङ्गीतको दिन अनि नृत्यको दिन ।

आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ । तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरू अनि मौलिक सङ्गीतहरू हुन् । हरेक वर्ष सयौँ तीजका नयाँ भाकाहरू आउने गर्छन् । तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । यसै सन्दर्भमा नेपाली गीतसङ्गीत प्रेमी र नेपाली कलाकार माझ अत्यन्तै लोकप्रिय एवंम चिरपरिचित नाम हो सुजाता केसी । केहि समय देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय कलाकारहरूको लागी चलिरहेको कलम यसपटक पनि हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित अर्जुन पोखरेलको शब्द संगित र सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिसकेकी छन् ।

गित संगीतमा निकै नै रुचि राख्ने सुजाता केसीले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सुजाता केसीले भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायिका तथा सर्जक हुन् ।

गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उषा उप्रेती,लोशिना लामिछाने,आभा थापा,बिनु शाक्या,रश्मि भट्ट सहितको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । शन्तोष राजबहाक द्वारा निर्देशित भिडियोलाई छायांकन राम कुमार केसीले गरेका हुन् भने सम्पादन बिकाश ज्ञावालीले गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!