US Khabar

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : नवनिर्वाचित राष्ट्रपति मुर्मु

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : नवनिर्वाचित राष्ट्रपति मुर्मु

एजेन्सी । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उनले आफू नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त रहेको बताएकी हुन् ।

प्रधानमन्त्री देउवाले मुर्मु राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बिहीवार राति ट्वीटरमार्फत बधाई दिएका थिए । भारतमा गत सोमवार भएको निर्वाचनमा उनी सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!