US Khabar

बर्दियामा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

- Admin | २ महिना पहिले प्रकाशित

बर्दियामा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङ । बर्दियामा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बढैयाताल गाउँपालिका–५ फूलबारीमा १६ वर्षकी किशोरीमाथि बाँके र बर्दियाको सीमा मानखोला हुँदै बढैयाताल स्थित दिदीघरमा जाँदै गर्दा बाटोमा बलात्कार भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिकले दिदीको घरसम्म पुर्‍याइदिने भन्दै पर्खिन लगाएको र रातिमा बलात्कार गरेको खुलेको भनी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बालिकाले घटनाको विषयमा बिहीबार विहान इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी गराएकी थिइन् । लगत्तै प्रहरीले आरोपित दुई जना युवकलाई गुलरिया नागरपालिका–२ डल्लापुरबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!