US Khabar

सार्वजनिक भयो बले र रुविना अभिनित हरि गिरि ’बिमर्षी’ र रचना रिमालको ‘राधा-कृष्ण’ (भिडियो)

- Admin | ३ हप्ता पहिले प्रकाशित

सार्वजनिक भयो बले र रुविना अभिनित हरि गिरि ’बिमर्षी’ र रचना रिमालको ‘राधा-कृष्ण’ (भिडियो)

चर्चित गायिका रचना रिमाल र गायक हरी गिरि ’बिमर्षी’को स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी संचारकर्मी तथा गीतकार किशन रेग्मीको शब्द तथा गायक विमर्षी स्वयंको संगीत रहेको ’राधाकृष्ण’ बोलको गीत मनोज बस्नेतको एट के एभरेष्ट मोसन पिक्चर्सको यूटुव च्यानल मार्फत आज शुक्रबार सार्वजनिक भएको हो ।

शान थापाको निर्देशनमा निर्माण भएको गीतमा यस पटक कलाकार सागर लम्साल बले र रुविना थापालाई विलकुल फरक लुक्स रअभिनयमा देखिएको छ । प्रेमका प्रतिक जोडीका रुपमा रहेका राधाकृष्ण र उनिहरुको प्रेमलाई विम्ब र प्रतिकका रुपमा प्रयोग गरेर पात्र खडा गरिएको गीतले आधुनिक राधा कृष्णको जोडीलाई प्रतिनिधित्व गर्दछ ।

छायांकन समेत आकर्षक स्थानहरुमा गरिएको यस गीतको भिडियोलाई चर्चित कोरियोग्राफर राजिव समिरले कोरियोग्राफी गरेका हुन् भने छायांकन अर्जुन तिवारीको टिमले गरेको हो ।

लामो समय देखी अमेरिकामा रहेर संचारकर्मका क्रियाशिल पत्रकार रेग्मी अमेरिकाबाट प्रकाशित हुने मासिक पत्रिका यूएस खबर टाईम्सका प्रकाशक तथा प्रधान सम्पादक हुन् । गीति एल्वम कृपाबाट २०७२ सालमा औपचारिक सांगीतिक यात्रा सुरु गरेका रेग्मी स्वयंको स्वरमा कान्छि, कुमजोडी लगायतका गीतहरु पनि सार्वजनिक छन् ।

त्यस्तै सर्वाधिक सफल गीत अँध्यारो औंसीको रात, भण्डारीको गोठ, चिल ब्रो, आएन चाईनाको रेल लगायतका गायक तथा संगीतकार विमर्षि पछिल्लो समयका लोकप्रिय गायक हुन् । टिपिकल नेपाली मौलिकतामा अडेर आधुनिक मिठास प्रस्तुत गर्न सिपालु गायक तथा संगीतकार विमर्षीका गीतमा सरल शब्दको भिन्न प्रयोग पाईन्छ ।

श्रावणको पहिलो साता सार्वजनिक यस गीत सदावहार शैलीको भएपनि गीतमा प्रयोग भएका शब्द र भिडियो दृश्यका कारण गीतलाई केही मुख्य पर्व र महिनामा अझै रुचाईने देखिएको छ । श्रावणबाट सुरु सुने नेपाली चाडपर्व, नाग पञ्चमी, कुशेऔंसी, कृष्ण अष्टमी देखी तिज जस्ता पर्वमा समेत डान्सिङ विट र प्रेमिल भावमा यो गीत सुन्ने र हेर्नेको संख्या बढी हुने संभावना देखिन्छ । किनकी गीत सार्वजनिक भएको केही घण्टामा नै यस गीतले राम्रो भवर्स संख्या र सकारात्मक प्रतिकृया सहित सफलताको यात्रा सुरु गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!