US Khabar

मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको हो ।

डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् ।

डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ। डा टेड्रोस अनुसार संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!