US Khabar

शिकागोमा पाकिस्तानी फोटोग्राफरको आफ्नै पतिद्वारा गोली हानी हत्या: हत्याका लागि जर्जियाबाट शिकागो…

- us khabar | ३ हप्ता पहिले प्रकाशित

शिकागोमा पाकिस्तानी फोटोग्राफरको आफ्नै पतिद्वारा गोली हानी हत्या: हत्याका लागि जर्जियाबाट शिकागो…

अमेरिकाको शिकागोमा २९ बर्षिया फोटोग्राफरको आफ्नै पतिले गोली हानी हत्या गरेका छन् । पतिसंग सम्बन्ध विच्छेद गरेर जर्जियाबाट केही समय पछिले शिकागो गएकी पाकिस्तानीमुलकी अमेरिकी फोटोग्राफर सानिया खानको उनका पूर्व पति ३६ वर्षीय राहिल अहमदले गोली हानी हत्या गरेका हुन् ।

जर्जियाको एटलान्टाक उपनगर अल्फारेटामा बस्ने उनका पति शिकागो गएर सानियाको गोली हानी हत्या गरेका थिए । हत्याको कारण सानियाले सामाजिक संजालमा आफ्नो सम्बन्ध बिच्छेदको कुरा सार्वजनिक गर्नु रहेको खुलेको छ ।

सामाजिक सञ्जाल टिकटकमा आफ्नो सम्बन्धविच्छेद र थप कानुनी र सामाजिक प्रकृयाका बारेमा सानियाले सार्वजनिक गरेपछि उनका पूर्वपति आक्रोशित भएको र उनले हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिनएको छ ।

सन् २०२१ मा शिकागो आएकी उनि प्रोफेशनल फोटो ग्राफर हुन् । उनका पतिले सानियाको हत्या गरेर आफ्नो टाउकोमा पनि गोली चलाएका थिए । घटनाको सुचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले जिवितै उद्धार गरेको भएपनि अपराधी समेतको यस घटनामा मृत्यु भएको छ ।

अल्फारेटा प्रहरी विभागका अनुसार जर्जियाबाट अचानक अहमद सम्पर्क विहिन भएपछि प्रहरीलाई खबर गरेको परिवारले नै सम्भावित स्थानका आधारमा उनि सानिया बस्ने शिकागोको घरमा हुनसक्ने अनुमानित जानकारी दिएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!