नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा भर्ना भएका ४२ वर्षिय पुरुषको आईतबार दिउँसो मृत्यु भएको हो ।
भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा रहँदा बिरामी भएका गुल्मीस्थित धुर्कोट गाउँपालिकाका ति पुरुषको ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि शनिबार बुटवल पुर्याइएको थियो । बिरामीको अवस्था हेरी आइसोलेसनमा राखीएको भोलिपल्टै उनको मृत्यु भएको छ ।
यो संगै अव नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
प्रतिक्रिया