US Khabar

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : शुक्रबार प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

- Admin | २ हप्ता पहिले प्रकाशित

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : शुक्रबार प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारस्थित संसद सचिवालयको अर्थसमितिको बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गर्दै शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिका सभापति सुरेन्द्र अर्यालले औपचारिक र अनौपचारिक रुपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दाबी गरे । सचिव अर्यालले बिहीबार साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलो पटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!