नेपालीहरुको बाहुल्यता रहेको अमेरिकाको न्यूयोर्क स्थित ज्याक्सन हाइटसमा रक्दान कार्यक्रम सम्पन भएको छ । प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा जुलाई २३ तारिख शनिवारका दिन ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार सार्वजनिक बिदाको दिन पारेर आयोजित रक्तदान कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट , द गुरुङ ( तमु ) सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट, प्रवासी नेपाली एकता मंचका अध्यक्षटेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा , महासचिव शंकर पन्त लगायतको उपस्थिती रहेको थियो ।
यस एक दिने रक्तदान शिविरमा कुल ५१ पाउण्ड रगत संकलन भएको छ । रगत अभावको जोखिम न्यूनिकरणका लागि रक्त संकलन अभियान अन्तरगतको यस कार्यक्रमका रक्तदाता तथा सहभागीका लागि फलफूल र खानाको पनि व्यवस्था रहेको थियो ।
प्रतिक्रिया