US Khabar

नेजा १५औं साधारण सभा: संशोधित विधान साथै आचार संहिता र पुरस्कार-सम्मान कार्यविधि–२०२२ पारित

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नेजा १५औं साधारण सभा: संशोधित विधान साथै आचार संहिता र पुरस्कार-सम्मान कार्यविधि–२०२२ पारित

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औं साधारण सभा सम्पन्न भएको छ । अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जुलाई २४ मा सम्पन्न २ दिने नेजाको १५औं साधारण सभा सम्पन्न भएको हो ।

सम्पन्न साधारण सभाले संशोधित विधान–२०२२ पारित गर्नुका साथै आचार संहिता–२०२२, पुरस्कार एवं सम्मान कार्यविधि–२०२२ पारित गरेको छ ।

साधारण सभाको अवसर पारेर २ हजार डलर धनराशीको ‘नेजा–एनआरएनए, एनसीसी यूएसए पत्रकारिता सम्मान’ बाट यस बर्ष पत्रकार द्वय विजय घिमिरे र गिरीश पोख्रेललाई सम्मानित गरिएको छ ।

नेजाको बुलेटिनसमेत प्रकाशन एवं वितरण गरिएको सभामा नेजा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नुका साथै नेपाल पत्रकार महासंघसँग सहकार्य सम्बन्धी समझदारी गर्नका लागि प्रस्तावित समझदारी–पत्रको मस्यौदालाई पनि पारित गरेको छ ।

सान फ्रान्सिस्को प्रमुख पर्यटकीय स्थलमा आयोजित साधारण सभामा नेपाल पत्रकार महासंघका महासचिव रोषन पुरी, अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल लगायतका बिभिन्न क्षेत्रका शिर्ष व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

नेजाको साधारण सभामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, पर्यटनदूत धन दवाडी, एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय सुमन थापा र डिलु पराजुली, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका अध्यक्ष नारायण खनाल, समाजसेबी प्रितेश कार्की,  हिमालयन फाउन्डेसनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठ, एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, उत्तर अमेरिका तामाङ समाजका वरिष्ठ उपाध्यक्ष टेक लामा, एभरेस्ट क्रेडिट युनियनका बोर्ड मेम्बर डिल्ली भट्टराई, एटोर्नी मिखाइल आर्सेटिभ, एटोर्नी गोपाल साह, पूर्ण बानियाँ, सुरेश हमाल, विष्णु सुवेदी, ईश्वर सिटौला, शान्ति वाग्ले, बिन्दु सापकोटा, चन्द्र धिताल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!